काठमाडौं/२५ साउन – शिक्षक सेवा आयोग तयारीका लागि एकाइ पाँच सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षा अन्तर्गत हाम्रो पृथ्वी र भूगोलबाट नमूना विषयगत प्रश्नोत्तरहरु (भिडियोसहित) दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।
साथै यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । यस सामग्रीको पाठ्यक्रम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : पृथ्वीको परिचय र बनौट, विश्व मानचित्रमा नेपालको अवस्थिति, नेपालको भौगोलिक र प्रशासनिक विभाजन
नमुना प्रश्नोत्तरहरु
१. पृथ्वीको संरचना र भूगोलको महत्वका बारेमा विश्लेषण गर्नुहोस् । पृथ्वीका विभिन्न भू–आकृतिहरू कसरी निर्माण हुन्छन् ? पृथ्वीका विभिन्न भू–आकृतिहरूले मानव जीवनमा के कस्ता प्रभाव पार्छन् ? चर्चा गर्नुहोस् ।
२. विश्व मानचित्रमा नेपालको अवस्थिति सम्बन्धी विवेचना गर्नुहोस् । नेपालको भौगोलिक स्थानले विश्वभरको राजनीतिक, आर्थिक र सांस्कृतिक सम्बन्धहरूमा के कस्ता प्रभाव पारेको छ ? वर्णन गर्नुहोस् । नेपालका छिमेकी राष्ट्रहरूसँगको सम्बन्ध र भू–राजनीतिक महत्व लेख्नुहोस् ।
३. नेपालको भौगोलिक विविधताको विश्लेषण गर्नुहोस् । देशका प्रमुख भौगोलिक क्षेत्रहरू तराई, पहाड र हिमालको विशेषताहरू लेख्नुहोस् । तराई, पहाड र हिमालको वातावरणीय, आर्थिक र सामाजिक प्रभावहरूको वर्णन गर्नुहोस् । तराई, पहाड र हिमाल क्षेत्रका प्रमुख समस्याहरू र समाधानका उपायहरूको चर्चा गर्नुहोस् ।
४. नेपालको प्रशासनिक विभाजनको ऐतिहासिक विकासक्रमको विश्लेषण गर्नुहोस् । हालको संघीय संरचनाको प्रमुख विशेषताहरू र त्यसको कार्यान्वयनमा आएका चुनौतीहरूको विवेचना गर्नुहोस् । संघीयता पूर्वको प्रशासनिक संरचना र संघीयतापछिको संरचनाबीचको तुलनात्मक अध्ययन पनि गर्नुहोस् ।
५. नेपालका प्रमुख प्राकृतिक स्रोतहरू र तिनको वितरणको विश्लेषण गर्नुहोस् । नेपालका प्रमुख प्राकृतिक स्रोतहरू उपयोग, संरक्षण र व्यवस्थापनमा देखिएका समस्या र समाधानका उपायहरूको बारेमा लेख्नुहोस् । जल स्रोत र वन स्रोतको व्यवस्थापनमा सरकार र स्थानीय समुदायहरूको भूमिकाको बारेमा चर्चा गर्नुहोस् ।



