सेट-४ : प्राथमिक तहका लागि विषयगत नमूना प्रश्नोत्तरहरु

काठमाडौं/९ साउन – शिक्षक सेवा आयोग तयारी : एकाइ एक- शैक्षणिक योजना र कक्षाकोठा व्यवस्थापन अन्तर्गत विद्यालय समुदाय सम्बन्धबाट नमूना विषयगत प्रश्नोत्तरको (भिडियोसहित) दिइएको छ ।


यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो ।


यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै सामग्रीको पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।


पाठ्यक्रम : विद्यालयको विकासमा समुदायको सहभागिता र दायित्व, समुदायको विकासमा विद्यालयको योगदान, विद्यालय र समुदाय बीच सम्बन्ध ।


अभ्यासका लागि सम्भावित प्रश्नोत्तरहरु


१. विद्यालयको समग्र विकासमा समुदायको सहभागिता न्यून हुँदै गएको परिप्रेक्ष्यमा यसका कारणहरू उल्लेख गर्दै विद्यालयको विकासमा सामुदायिक सहभागिता वृद्धि गर्न के कस्ता उपायहरू अवलम्वन गर्नु पर्दछ ? व्यावहारिक पक्षहरू विश्लेषण गर्नुहोस् । (वि.सं. २०८० को परीक्षामा सोधिएको)


२. विद्यालय र समुदाय बीचको सहकार्यबाट विद्यार्थीहरुको शैक्षिक गतिविधि र सामाजिक विकासमा कसरी असर पर्छ ? असरहरुको तुलनात्मक विश्लेषण गर्नुहोस् ।


३. विद्यालय र समुदाय बीचको सशक्त सम्बन्धले विद्यालयको समग्र वातावरणमा के–कस्ता परिवर्तनहरु ल्याउन सक्छ ? उदाहरणहरुसहित वर्णन गर्नुहोस् ।


४. विद्यालयको भौतिक पूर्वाधार विकासमा समुदायको सक्रिय सहभागिताका प्रमुख चुनौतीहरू र समाधानहरू के के हुन सक्छन् ?


५. विद्यालय व्यवस्थापनमा समुदायको संलग्नताले निर्णय प्रक्रियामा कसरी सुधार ल्याउन सक्छ ?


६. विद्यालयहरूले कसरी समुदायमा सामाजिक परिवर्तन ल्याउँछन् ? यस सन्दर्भमा शिक्षा प्रणालीले लैङ्गिक समानता, जातीय समानता र सामाजिक न्यायका पक्षहरूलाई कसरी प्रवद्र्धन गर्छ ? चर्चा गर्नुहोस् ।


७. विद्यालयहरूले स्थानीय संस्कृतिको संरक्षण र प्रवद्र्धनमा कसरी योगदान पुया¥उँछन् ? यस सन्दर्भमा स्थानीय भाषा, परम्परा र सांस्कृतिक गतिविधिहरूको भूमिका कसरी महत्वपूर्ण रहेको छ ? चर्चा गर्नुहोस् ।


८. विद्यालयहरूले कसरी समुदायका सदस्यहरूको सक्रिय सहभागिता र सहकार्यलाई प्रवद्र्धन गर्छन् ? सामुदायिक कार्यक्रममा विद्यालयको संलग्नता, अभिभावक–शिक्षक सम्बन्ध र विद्यार्थीहरूको स्वयंसेवा कार्यक्रमहरूको भूमिका वर्णन गर्नुहोस् ।


प्रश्नोत्तर हेर्न याहाँबाट भिडियो हेर्नुहोला