विश्व निकेतनबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच पुग्यो

काठमाडौँ /९ साउन – एसईई २०८० परीक्षाको नतिजामा काठमाडौँको विश्व निकेतन माध्यमिक विद्यालयबाट ४ जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या पाँच पुगेको छ । पुनर्योग पछिको नतिजामा विभव ढकालको ४ जिपिए आएपछि यो सङ्ख्या बढेको हो ।


नेपालभरीका सामुदायिक विद्यालय मध्येबाट सबै भन्दा धेरै ४ जिपिए ल्याउने विद्यालय बनेको छ । ढकालको सुरुमा ३.९५ जिपिए देखाइएकोमा पुनर्योग पछि ४ जिपिए आएको विद्यालयले जनाएको छ ।


विश्व निकेतनबाट स्वस्तिक अधिकारी, अन्जु भुषाल, आकृति महासेठ, एन्जन थापा मगर र विभव ढकाल गरि ५ जनाले ४ जिपिए प्राप्त गरेका छन् ।