काठमाडौँ /६ साउन – आषाढ शुक्ल पूर्णिमाका दिन आज शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा मनाइँदैछ । आज आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्दा भाव प्रकटगरी मनाउने गरिन्छ ।
‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने विभिन्न शास्त्रका पुस्तकहरुमामा उल्लेख गरिएको छ ।
अन्धकारको नाश गरी जीवनमा उज्यालो फैलाउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । त्यसैले पनि गुरु पूर्णिमाको पर्वले विद्यार्थी र शिक्षकविचको पवित्र सम्बन्धलाई सम्मान गर्दछ । संस्कृत शब्द गुरु अहिले आएर अंग्रेजी शब्दकोषको पनि भाग बनेको छ ।
गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । त्यसैलेपनि शिक्षका लागि विश्वभर विद्यालय, विश्वविद्यालय, शिक्षण पेसा, व्यहारीक जीवनमा आफूभन्दा अग्रजबाट धेरै शिक्षा लिन सकिन्छ ।
गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नमः ।।
अर्थात गुरुनै ब्रह्मा हुन, गुरु नै विष्णु हुन् अनि गुरु भनेकै भगवान संकर हुन । गुरु नै साक्षात परब्रह्मा, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।
माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरुपूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षादीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाउने गर्छन । आज देशभरका विभिन्न गुरुकुल, विद्यालय एवं शैक्षिक संस्थाहरुमा गुरुपूर्णिमा पर्व मनाउँदै छन् ।



