काठमाडौं/६ साउन – शिक्षक सेवा आयोग तयारीका लागि शैक्षणिक योजना र कक्षाकोठा व्यवस्थापन अन्तर्गत शैक्षणिक योजनाबाट नमूना विषयगत प्रश्नोत्तरको (भिडियोसहित) एकाई एक दिइएको छ ।
यस सम्बन्धी अध्ययन गर्न चाहने लोक सेवा आयोग, शिक्षक सेवा आयोग, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुमा सेवा प्रवेश गर्न चाहने परीक्षार्थीका लागि तयार गरिएको हो । यस सामग्रीलाई विद्यार्थी शिक्षक लगायत सरोकारवाला सबैले अध्ययन र उपयोग गर्न सक्दछन् । साथै यस सामग्रीको पाठ्यव्रmम र नमूना विषयगत प्रश्नोत्तरका बारेमा अडियो र भिडियोका रुपमा प्रस्तुत गरिएको छ ।
पाठ्यक्रम : शैक्षणिक योजनाको परिचय, आवश्यकता, निर्माण र प्रयोग (वार्षिक कार्य तालिका, वार्षिक शैक्षिक योजना, एकाइ योजना, दैनिक पाठ्योजना र दैनिक कार्यतालिका), कक्षाकोठा व्यवस्थापन (अवधारणा र महत्व, कक्षाकोठाको वातावरण र बसाइ व्यवस्थापन) ।
नमूना प्रश्नोत्तरहरु
प्रश्न १ : “आधारभूत तह विद्यालय र विद्यार्थीको जग हो । यस तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विद्यालयमै बसिरहुँ, सिकिरहुँ भन्ने वातावरण तयार गर्न सकेमा शिक्षण सिकाइमा अपेक्षित सुधार ल्याउन सकिन्छ ।” यस भनाइमा तपाईं कुन हदसम्म सहमत हुनुहुन्छ ? तर्कपूर्ण ढंगले विवेचना गर्नुहोस् । (वि.सं. २०८० को परीक्षामा सोधिएको)
प्रश्न २ : शिक्षकले कक्षाकोठाको वातावरणलाई सकारात्मक बनाउन र विद्यार्थीहरूको ध्यान केन्द्रित राख्न के–के उपायहरू अपनाउनु पर्दछ ? उदाहरणसहित स्पष्ट गर्नुहोस् ।
प्रश्न ३ : अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न शिक्षकले विद्यार्थीहरूको बसाइ व्यवस्थापन कसरी प्रभावकारी तरिकाले गर्न सक्दछन् ? सम्भावित चुनौतिहरू र समाधानका उपायहरूका बारेमा लेख्नुहोस् ।
प्रश्न ४ : शिक्षकले वार्षिक कार्य तालिका र वार्षिक शैक्षिक योजना निर्माण गर्दा के–के कुराहरूमा विचार पु¥याउनु पर्छ र ती योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कस्ता उपायहरू अपनाउनु पर्छ ? उदाहरणसहित स्पष्ट गर्नुहोस् ।
प्रश्न ५ : एकाइ योजना, दैनिक पाठ्योजना र दैनिक कार्यतालिकालाई प्रभावकारी तरिकाले निर्माण र प्रयोग गर्दा सिकाइ उपलब्धि प्राप्त गर्न शिक्षकले के–के रणनीतिहरू अपनाउनु पर्दछ ? यस्ता योजनाहरूको सफल कार्यान्वयनमा सम्भावित चुनौतिहरू र समाधानका उपायहरू लेख्नुहोस् ।
प्रश्न ६ : शिक्षकले शैक्षणिक योजना निर्माण गर्दा कस्ता कुराहरुमा ध्यान दिनुपर्छ र तिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न के–के रणनीतिहरू बनाउनु पर्दछ ? उदाहरणसहित स्पष्ट गर्नुहोस् ।
प्रश्न ७ : शैक्षणिक योजनाको आवश्यकता र यसको प्रभावकारी प्रयोगले विद्यार्थीहरूको सिकाइ परिणाममा कस्तो असर पर्न सक्छ ? सम्भावित चुनौतिहरू र समाधानका उपायहरू उल्लेख गर्नुहोस् ।
माथिका प्रश्नहरुको सही उत्तरका लागि यहाँबाट भिडियो हेर्नुहोस ।



