शिक्षा मन्त्रालय विद्या भट्टराईले समाल्दै

काठमाडौँ /३१ असार – नेकपा एमालेले सरकारमा सहभागी हुने मन्त्रीहरूको टुङ्गो लगाएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विद्या भट्टराईले समाल्ने भएकी छन् । स्रोतका अनुसार शिक्षा सहित ८ मन्त्रालय भागमा पाएको एमालेले शिक्षा मन्त्री विद्या भट्टराईलाई बनाउने पक्कापक्की गरेको जनाएको छ ।


कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भट्टराई हाल संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यमा छन् ।