काठमाडौँ /३१ असार – त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयले आज गर्ने भनिएको त्रिभुवन विश्वविद्यालय सभा स्थगित भएको जनाएको छ । आइतवार एक सूचना जारी गदै देशको राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नु परेको जनाएको हो ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकको निर्णय अनुसार त्रिवि सभा गर्न प्रस्ताव गरिएको र नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको असार ३१ गते सम्पन्न गर्न स्वीकृति भएपनि पछिल्लो राजनीतिक परिस्थितिका कारण सभा स्थगित गरिएको जनाएको छ ।



