शिक्षा मन्त्रीमा विद्या भट्टराई

काठमाडौँ /३१ असार – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा विद्या भट्टराईलाई नियुक्त गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ ग्रहण गरेपछि विस्तारित मन्त्री परिषद्मा उनलाई शिक्षा मन्त्री नियुक्त गरिएको हो ।
उनी कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भट्टराई हाल संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिकी सदस्यमा छन् । उनले समाजशास्त्रमा एमए र मानव शास्त्रमा एम फिल गरेकी छिन् ।