अत्यधिक गर्मी बढेपछि रौतहटका विद्यालयमा बिदा

रौतहट/१६ जेठ – अत्यधिक गर्मीको कारण रौतहटका स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् ।


रौतहटमा तापमान ४४ डिग्री सेल्सियससम्म पुगेपछि शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले जिल्लाका १८ वटै स्थानीय सरकारलाई गर्मी बिदा दिन भनेपछि विद्यालयमा बिदा दिएका हुन् ।


उच्च तापमानका कारण विद्यालयमा विद्यार्थीहरू बेहोस हुने तथा लू लाग्ने समस्या आएपछि गौर नगरपालिका तथा कटहरीया नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिएका छन् ।