“समाजसँग पाठ्यक्रम विकास केन्द्र” कार्यक्रमको घोषणा

काठमाडौँ /१४ जेठ – पाठ्यक्रम विकास केन्द्रले “समाजसँग पाठ्यक्रम विकास केन्द्र” कार्यक्रमको घोषणा गरेको छ । पाठ्यक्रमलाई समयानुकूल बनाउँदै परिमार्जन गर्न र शिक्षण सिकाईलाई प्रभावकारी बनाउनक लागि यो कार्यक्रमको सुरुवात गरिएको हो ।


शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले कार्यक्रमको घोषणा गरेकी छन् । उनले शिक्षाको मूल मर्म भनेको उत्कृष्ट नागरीक बनाउनु र सि सहितको जनशक्ति उत्पादन गर्नु रहेको बताउँदै यसलाई कार्यक्रमको रूपमा मात्र नभई अभियानको रूपमा सबै लाग्न आग्रह गरीन ।


पाठ्यक्रममा नेपालको विविधतालाई जोड्न आवश्यकता रहेकोले समाजसँग जोडिनका लागि यो कार्यक्रमको सुरुवात गरिएको मन्त्री श्रेष्ठले बताइन । उनले भनिन् “हिमाल, पहाड, तराईका समाजमा आफ्नै खालका विधिताहरू रहेका छन् त्यसलाई पाठ्यक्रममा जोड्नु पर्छ । समाजसँग पाठ्यक्रम विकास केन्द्रले सिकेर त्यसलाई पाठ्यक्रममा समावेश गर्नुपर्छ त्यसैले यसमा सबै नागरिक लाग्नु आवश्यक छ ।”


साथै उत्पादन गरेका विद्यार्थीहरूले श्रम बजारको आवश्यकता अनुसार चाहिने सिप सिकेका छन् की छैनन् भन्ने विषयमा पनि ध्यान दिन र बजारसँग जोडिनुपर्ने देखिएको उनको भनाई थियो ।