काठमाडौँ /१३ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एघार विभिन्न विधामा सल्लाहकार समिति गठन गर्नका लागि इच्छुक व्यक्तिबाट विवरण माग गरेको छ । राष्ट्रिय विज्ञान प्रविधि तथा नव प्रवर्तन नीति २०७६ को दफा ११ बमोजिमको राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय परिषद्को तेस्रो बैठकको निर्णय बमोजिम एघार विभिन्न विधामा सल्लाहकार समिति गठन गर्नका लागि विज्ञहरूको रोस्टर निर्माणका लागि विवरण माग गरेको हो ।
इच्छुक व्यक्तिले २०८१ ज्येष्ठ मसान्तभित्र मन्त्रालयले तोकेको ढाँचामा वैयक्तिक विवरण उपलब्ध गराउनु पर्नेछ । साथै यस सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेबसाइट www.moest.gov.np मा हेर्न सकिने छ ।



