विद्यार्थीको सिकाई र सोधिने प्रश्नमा गहिरो सम्बन्ध हुन्छ

काठमाडौँ /२६ चैत – विद्यार्थीको सिकाई र उनिहरूलाई सोधिने प्रश्नमा गहिरो सम्बन्ध हुने शिक्षाविद् प्रा.डा. गणेश बहादुर सिंहले बताएका छन् । किताबबाट प्रश्न सोध्दा विद्यार्थीहरूले घोकेर उत्तर दिने तर सिकाइ नहुने बताउँदै त्यस्तो सिकाई चाडै हराएर जाने उनको भनाई छ ।


विद्यार्थीले जानेर, बुझेर र त्यसलाई प्रयोग गर्न सक्ने बनाउनका लागि त्यसै किसिमको प्रश्न सोधेको हुनुपर्ने उनको भनाई छ । उनले भने “पहिला नसोधिएका नयाँ परिवेशमा प्रश्न आयो भने त्यसमा सिकेको कुरालाई उपयोग गर्नु पहिला विद्यार्थीले पढ्छ, त्यो प्रश्न के सँग सम्बन्धीत छ पत्ता लगाउँछ र प्रश्नसँग त्यो उत्तरको कहाँ सम्बन्ध छ पत्ता लगाई उत्तर दियो भने सोचाइको स्तर माथिल्लो हुन्छ ।”


सिंहले शिक्षकले प्रश्नलाई विचार गरेर जुन किसिमले पढाई राखिएको छ त्यसलाई फरक गरेर मात्रै सम्भव हुन्छ की भन्ने प्रश्न पनि हुन सक्ने बताए । कतिपय प्रश्नमा पहिला सोधेको छैन, अभ्यासमा पनि छैन, पुरानो प्रश्न पनि होइन भने कण्ठ गरेर लेख्न सकिदैन, त्यस्तो प्रश्नमा विद्यार्थीहरूले केही गल्ती गर्यौ भने किन गल्ती भयो, त्यसमा जान्न पर्ने कुरा के थियो, त्यसलाई विश्लेषण गरेर कमीकमजोरी पत्ता लगाई त्यो हटाउनका लागि नयाँ किसिमले पठनपाठन विधिहरूको बारेमा सोचियो भने नयाँ तरीकाले पढाउन सक्ने बताए ।


साथै विद्यार्थीहरू बिच कुनै पनि विषयमा समूहमा छलफल गरेर विभिन्न विचार धारणा सुनेर लेख्न सिकाउने हो भने विद्यार्थीले लेख्न सक्ने उनको धारणा छ ।