एलएल.एम तहमा भर्नाका लागि आवेदन माग

काठमाडौँ /१३ चैत- त्रिभुवन विश्वविद्यालय कानून संकाय डीनको कार्यालयले एलएल.एम. तहको प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ । कानून संकाय अन्तर्गतका आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजमा सिमेष्टर प्रणाली अन्तर्गत भर्ना हुन इच्छुक विद्यार्थीहरुका लागि आवेदन माग गरेको हो ।


संचालन विनियम, २०७४ अनुसार १५० सिटका लागि एलएल. एम. तहमा भर्ना हुन इच्छुक विद्यार्थीहरुको निमित्त शैक्षिक सत्र २०७९।०८० का लागि यही चैत १४ गतेदेखि प्रवेश परीक्षाको फारम अनलाईन मार्फत भर्न सकिने जनाएको छ ।


परीक्षा सम्बन्धी अन्य विस्तृत विवरण कार्यालयको वेभसाईट www.fol.edu.np मा हेर्न सकिनेछ ।