शिक्षकहरूका लागि फेलोसिपको अवसर, आवेदन माघ २८ भित्र दिनुपर्ने

काठमाडौँ /२३ माघ – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनले शिक्षकहरूलाई फेलोसिपको अवसरका लागि आवेदन माग गरेको छ । काठमाडौँ महानगरसँगको सहकार्यमा शिक्षाको गुणस्तर वृद्धिका लागि आउदै गरेको एसईई परीक्षालाई मध्यनजर गर्दै सो को तयारी गर्न पूरक कक्षाहरू सञ्चालन गर्न आवेदन माग गरेको हो ।


अङ्ग्रेजी, नेपाली, गणित, अतिरिक्त गणित, विज्ञान तथा सामाजिक शिक्षाका लागि स्नातक डिग्री गरी न्यूनतम २ वर्षको शिक्षण अनुभव भएका विषयगत शिक्षकहरूले आवेदन दिन सक्ने जनाएको छ ।


“महानगरीय परियोजना“अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएकोले इच्छुक दक्ष शिक्षकहरूले माघ २८ भित्र आवेदन पेस गर्नु पर्ने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ ।