शैक्षिक सत्र अगावै भर्ना सम्बन्धी सूचना प्रकाशन नगर्न निर्देशन

काठमाडौँ/११ माघ – काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र सुरुवातको समय नभई भर्ना सम्बन्धी कुनै पनि प्रक्रिया अगाडि नबढाउन निर्देशन दिएको छ । महानगरपालिका क्षेत्र भित्रका केही विद्यालयले अनलाईन तथा अन्य माध्यमबाट शैक्षिक सत्र २०८१ को भर्ना सूचना प्रकाशन गरेको उजुरी आएको भन्दै सो निर्देशन दिएको हो ।


महानगरले सार्वजनिक सूचना जारी गर्दै शैक्षिक सत्र सुरुवातको समय नभई विद्यार्थी भर्नाका लागि कुनै पनि तरीकाले सूचना प्रकाशन नगर्न निर्देशन दिएको छ । साथै भर्ना सम्बन्धी कुनै पनि सूचना प्रकाशन गरेको पाइएमा कारबाही हुने चेतावनी दिएको छ ।