अभिभावक शिक्षा र कक्षा व्यवस्थापन अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ /११ माघ – काठमाडौँ विश्वविद्यालय र युरो स्कुल, छाउनीको सहकार्यमा अभिभावक शिक्षा र कक्षा व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा युरो स्कुलका शिक्षक व्यवस्थापन विभागका कर्मचारीहरूको सहभागिता रहेको थियो । रूपमा रहेका थिए । काठमाडौँ विश्वविद्यालयका सह प्राध्यापक डा।वासु प्रसाद सुवेदीले कक्षामा अभिभावक र विद्यार्थीसँगको सकारात्मक व्यवहारमा कपरी जोड् दिने भन्ने विषयमा भनाई राखे । साथै आफ्नो शिक्षण पेशालाई दक्ष र समय सापेक्ष बनाउन अहिलेको समयानुकूल शिक्षण गर्नुपर्ने र समयानुकूल विद्यार्थी र अभिभावकसँग सकारात्मक व्यवहारमा गर्नुपर्ने सुवेदीको जोड् थियो ।


त्यसैगरी वर्तमान परिप्रेक्ष्यलाई मध्यनजर गर्दै कक्षा कोठामा समतामलूक वातावरण कसरी सिर्जना गर्ने, सबै किसिमका अभिभावकसँग राम्रो व्यवहार कसरी गर्ने भन्ने विभिन्न तरिकाबारे अनुभव आदान प्रदान गरिएको थियो ।