काठमाडौँ /११ पुस – नेपालको पहिलो इ–लर्निङ कक्षा सञ्चालन गर्दै आएको ओटिसले शिक्षक सेवा आयोगबाट निम्न माध्यमिक तह तृतीय श्रेणीको खुला प्रतियोगितात्मक लिखित परीक्षामा नाम निकाल्न सफल उम्मेदवारहरु लागि निःशुल्क अन्तर्वार्ता कक्षा सञ्चालन गर्ने भएको छ । आयोगले सार्वजनिक गरेको अन्तर्वार्ता कार्यतालिका अनुसार विषयगत उम्मेदवारहरूका लागि निःशुल्क अन्तर्वार्ता कक्षा सञ्चालन गर्ने भएको हो ।
ओटिसले यही पुस १४ गते शनिवार देखि हरेक दिन बेलुका ७ बजे अनलाइन माध्यमबाट अन्तर्वार्ता कक्षा सञ्चालन गर्न लागेको जनाएको छ । विगतका वर्षहरू देखि नै शिक्षक सेवा आयोगका तयारी कक्षाहरू सञ्चालन गर्नुका साथै निसशुल्क अन्तर्वार्ता कक्षा पनि सञ्चालन गर्दै आएको जनाएको छ ।
अन्तर्वार्ताको कक्षा पढ्न चाहाने उम्मेदवारले यो फारम भरी कक्षामा सहभागी हुन सक्नेछन् ।



