काठमाडौँ /११ पुस – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका सामुदायिक विद्यालयलाई ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ । मन्त्रालयले देशभरका सम्पूर्ण विद्यालयमा सामाजिक अध्ययन विषयको एक पिरियडमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गरिदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाए पछि विद्यालयमा आज पुस ११ गते ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न भनेको हो ।
हेर्नुहोस सूचना :
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-112308866.pdf



