काठमाडौँ /१२ पुस – महानगरपालिकाले विद्यालयका कार्यरत शिक्षक स्रोत शिक्षकमा नियुक्ति भई सट्टा शिक्षकका रुपमा नियुक्ति गर्नका लागि सूचीकृत हुन आव्हान गरेको छ । विद्यालयमा सिफारिस गर्ने प्रयोजनका लागि सूचीकृत हुन आव्हान गरेको हो ।
शिक्षक सेवा आयोगले गत मंसिर १९ गते प्रकाशन गरेको बागमती प्रदेशको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको करार योग्यताक्रमको सूचीमा रहेका इच्छुक उम्मेद्वारहरुलाई सूचीकृत गर्न सूचना जारी गरेको छ ।
इच्छुक उम्मेद्वारले पुस २५ गतेभित्र सूचीकृत गर्नुपर्ने काठमाडौं महानगरपालिका, शिक्षा विभागले जनाएको छ । नेपाली,अंग्रेजी, सामाजिक, विज्ञान, गणित विषयका ११ जना शिक्षकलाई सट्टामा नियुक्त गर्ने महानगरले तयारी गरेको छ ।




