काठमाडौँ/१२ असोज – आन्दोलनरत राहत शिक्षक र शिक्षा मन्त्रालयबिच सहमति भएको छ । शिक्षा मन्त्रालयमा आज भएको वार्ताबाट सहमति भएको हो ।
शिक्षामन्त्री अशोक कुमार राई, राज्यमन्त्री प्रमिला कुमारी, सहसचिव डा. हरि प्रसाद लम्साल र नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारी, नेपाल बालविकास शिक्षक केन्द्रीय समितिका अध्यक्ष कृष्णकुमारी थापा सहित नेपाल शिक्षक महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदी, नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरी र एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी सहितको सहभागितामा वार्ता गरी सहमति गर्न आन्दोलनरत शिक्षकहरू लगायतका संगठनहरूले सहमति गरेको छ ।
नेपाल शिक्षक महासङ्घको नेतृवमा भएको सहमति पछि राहत शिक्षकहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने निर्णय गरेको छ ।







