नागार्जुन माध्यमिक विद्यालयका ३ सय ७१ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौँ /१३ असोज-चाइना फाउण्डेसनको आर्थिक सहयोग र न्यू लाइट फाउण्डेसनको संयोजकत्वमा नागार्जुन माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ । कक्षा नर्सरी देखि कक्षा ८ सम्मका ३ सय ७१ जना विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।


नागार्जुन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु प्रसाद फुयाँलको प्रमुख आतिथ्यमा शैक्षिक सामाग्री वितरण गरिएको थियो । विद्यालयका प्रधानाध्यापक रामकुमारी पौडेलबाट विद्यार्थीहरूलाई स्कुल झोला, हाइजिन किट्स र स्टेसनरी सामग्री उपलब्ध गराइयो ।


कार्यक्रममा विशेष अतिथिको रूपमा सिएफआरडीका सुरेश प्याकुरेल, बृजेश श्रेष्ठ, न्यू लाइटका प्रतिनिधि माइर हुसेन, नागार्जुन नगरपालिकाका नगर शिक्षा शाखा वासुदेव तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो ।