काठमाडौं/११ असोज-शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कक्षा ११ र १२ को विद्यार्थी विवरण अद्यावधिक गराउन सबै स्थानीय तहलाई निर्देशन । शैक्षिक सत्र २०८० को एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीको अद्यावधिक गरी २०८० श्रावण ५ गतेभित्र अनलाइनमा अपलोड गर्नका लागि सबै विद्यालय तथा स्थानीय तहहरुलाई सूचित गरिए अनुसार अद्यावधिक गराउन निर्देश दिएको हो ।
यस भन्दा अगाडिको सूचनाका अनुसार कक्षा ११ र १२ को भर्ना प्रक्रिया सम्पन्न नभएका कारण उक्त कक्षाका विद्यार्थीहरुको विवरण अद्यावधिक हुन नसकि समय थपका लागि विद्यालय एवम् स्थानीय तहबाट अनुरोध भै आएकाले कक्षा ११ र १२ कक्षा विद्यार्थीहरुको विवरण आश्विन मसान्तसम्म अद्यावधिक गर्न निर्देशन दिएको छ ।
यसका लागि विद्यालयलाई आफ्नो विद्यालयको एक्सेल फाइलमा विवरण अद्यावधिक गरी स्थानीय तहमा सम्प्रेषण गर्न लगाउने र स्थानीय तहले केन्द्रले निर्धारण गरेको मापदण्ड अनुसार अनलाइनमा अपलोड गर्नेका लागि निर्देशा दिएको छ ।
सूचना यहाँबाट हेर्नुहोस :
https://cehrd.gov.np/file_data/mediacenter_files/media_file-1-254791658.pdf



