काठमाडौँ /११ असोज – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप सञ्चालन हुने ४ वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा तालिका निर्धारण गरेको छ । मानविकी संकाय, शिक्षाशास्त्र संकाय र व्यवस्थापन संकाय तर्फका नियमित परीक्षाको तालिका निर्धारण गरेको हो ।
त्यसैगरी परीक्षा आवेदन फाराम अनलाइन मार्फत असोज ११ गतेदेखि १३ गतेभित्र सम्पन्न गरिसक्न त्रिविले निर्देशन दिएको छ । असोज १९ गतेदेखि सञ्चालन हुने परीक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने छ ।
यहाँबाट हेर्नुहोस तालिका :


