काठमाडौँ /१० असोज-नेपाल शिक्षक संघले निरन्तर विरोध कार्यक्रममा रहेका शिक्षक र कर्मचारीको माग तत्काल सम्बोधन गर्न अपिल गरेको छ । शिक्षक कर्मचारी माथि आज प्रहरीले गरेको धरपकड, लाठीप्रहार गरेको विरोध गर्दै माग सम्बोधन गर्न अपिल गरेको हो ।
संघले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण धर्ना, जुलुस र अन्य विरोधका कार्यक्रम निसंदेह प्रयोग गर्न पाउने संवैधानिक हक हुँदा हुँदै पेसाकर्मी प्रति गरिएको दुर्व्यवहार नेपालको संविधानको धज्जी उडाउँदै ट्रेड युनियन हकको खिलाफमा भएको जनाएको छ ।
आफ्ना माग र मुद्दाहरूको संबोधनका लागि शान्तिपूर्ण प्रदर्शनीमा रहेका शिक्षक र कर्मचारी माथि असोज १० गते बिजुली बजारमा बिना कारण प्रहरीद्वारा धरपकड, लाठीप्रहार र अन्य दमनात्मक शैली प्रयोग भएको प्रति हाम्रो गंभिर ध्यानाकर्षण भएको छ विज्ञप्तिमा भनिएको छ ।
साथै घटनामा घाइते भएका शिक्षक र कर्मचारीहरूको तत्काल उपचारको व्यवस्था मिलाउदै निरन्तर विरोध कार्यक्रममा रहेका शिक्षक र कर्मचारी साथीहरूको माग तत्काल सम्बोधन गर्न अपिल गरेको छ ।



