नेपाल शिक्षक महासंघ शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा नबस्ने

काठमाडौं/२ असोज-नेपाल शिक्षक महासंघले शिक्षा मन्त्रालयले आह्वान गरेको वार्तामा बस्नुको औचित्य नरहेको जनाएको छ । विद्यालय शिक्षा सम्बनी विधेयक संसदमा दर्ता भइसकेको र दस्तावेजको सुधार र परिवर्तन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एकल प्रयत्नमा हुनसक्ने कुनै सम्भावना नरहेको भन्दै वार्तामा नबस्ने जनाएको हो ।


महासंघले विज्ञप्ति जारी गर्दै विधेयकको रुपमा दर्ता भइसकेको दस्तावेजको सुधार र परिवर्तन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एकल प्रयत्नमा हुनसक्ने कुनै सम्भावना नरहेको र बदलिएको परिस्थितिलाई मध्यनजर गरी मन्त्रालयबाट सार्वजनिक विज्ञप्ति मार्फत आह्वान भएको वार्ताले समाधान ननिस्कने हुनाले त्यो वार्तामा वस्नुको कुनै औचित्य नदेखिएको जनाएको छ ।


साथै विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक को मस्यौदा माथि नेपाल शिक्षक महासङ्घले पेश गरेको सुझावमा रहेका महत्वपूर्ण मुद्दाहरुलाई पटकपटकको संवाद र छलफल पछि पनि समावेश नै नगरी त्यसलाई विधेयकको रुपमा संसदमा पेश गरिएको महासंघको भनाइ छ ।


वार्ता आह्वानको भ्रममा नपर्न तथा असोज ३ गतेबाट आरम्भ हुने आन्दोलनलाई सफल तुल्याउन काठमाडौँ आउनुहुन सबै शिक्षक कर्मचारीहरुलाई आग्रह गरेको छ ।


यस्तो छ विज्ञप्ति :


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट २०८० असोज १ मा जारी भएको विज्ञप्तिको आधारमा सामाजिक सञ्जालमा वार्ता आरम्भ भएको हो कि भन्ने भ्रमपूर्ण पोस्ट तथा अभिव्यक्ति आइरहेको विषयप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक को मस्यौदा माथि ने.शि. महासङ्घले पेश गरेको सुझावमा रहेका महत्वपूर्ण मुद्दाहरुलाई पटकपटकको संवाद र छलफल पछि पनि समावेश नै नगरी त्यसलाई विधेयकको रुपमा संसदमा पेश गरिएको सत्य सबैका सामु छर्लङ्ग छ ।


अब विधेयकको रुपमा दर्ता भइसकेको दस्तावेजको सुधार र परिवर्तन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको एकल प्रयत्नमा हुनसक्ने कुनै सम्भावना रहँदैन । बदलिएको यस परिस्थितिलाई मध्यनजर गरी मन्त्रालयबाट सार्वजनिक विज्ञप्ति मार्फत आह्वान भएको वार्ताले समाधान ननिस्कने हुनाले त्यो वार्तामा वस्नुको कुनै औचित्य देखिदैन ।


त्यसैले वार्ता आह्वानको भ्रममा नपर्न तथा २०८० असोज ३ गतेबाट आरम्भ हुने आन्दोलनलाई सफल तुल्याउन काठमाडौँ आउनुहुन सबै शिक्षक कर्मचारी साथीहरुमा आग्रह गरिन्छ ।


कमलम तुलाधर लक्ष्मीकिशोर सुवेदी
अध्यक्ष महासचिव