निजी विद्यालयको धरौटी स्थानीय तहले तोक्ने

काठमाडौं/२७ भदौं-निजी लगानीका विद्यालयको स्थापना र कक्षा थपको स्वीकृति गर्दा स्थानीय तहले तोकिए बमोजिमको धरौटी माग गर्नुे व्यवस्था सहित विद्यालय शिक्षा विधेयक संसदमा दर्ता भएको छ ।


विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा निजी लगानीका विद्यालयको स्थापना र कक्षा थपको स्वीकृति सम्बन्धमा धरौटी व्यवस्थित हुन जाने र त्यसको निधोरण स्थानीय तहले गर्ने उल्लेख गरेको छ ।


साथै स्थानीय आवश्यकता औचित्यता र क्षमताको आधारमा निजी लगानीका विद्यालय स्थापना गर्न सकिने प्रावधान राखिएको छ ।