संघीय शिक्षा ऐन सम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं/२१ भदौं-सरकारले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले संसदमा पेश गर्ने निर्णय गरेको हो ।


यस अघि सरकारले विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०८०, संसदमा पेश गर्न मन्त्रिपरिषद्ले गत साउन १६ गते स्वीकृत गरेको थियो । तर सरोकारवालहरुको विरोध पछि तयारी नपुगेको भन्दै सरकारले संसदमा पेस गरेको थिएन ।