काठमाडौं/२२ भदौं-शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरी लम्सालले शिक्षक व्यवस्थापनका सवालमा शिक्षा मन्त्रालय , शिक्षक , विद्यालयबीच संवादमा कमि आएको महशुस भएको बताएका छन् । कसैले कसैको समस्या बुझ्न नखोज्दा यसले झन् ठुलो रुप नलेला भन्न सकिने बताउँदै संवाद हुन आवश्यक रहेको तर पछिल्लो समय कमी आएको बताएका हुन् ।
ट्याक्सएड एलाइन्स नेपालले आयोजना गरेको नेपालमा शिक्षकको व्यवस्थापन र शिक्षामा लगानीको अवस्था प्यनल छलफलमा बोल्दै शिक्षा मन्त्रनलय र शिक्षकबीच शिक्षक भर्नामा २०६३ साल देखि २०७४ सालसम्म एउटै कुरामा झगडा भइरहेको बताए । उनले शिक्षक भर्ना गर्दा ४९ प्रतिशत आन्तरिक ५१ प्रतिशत खुला बिज्ञापन मार्फत गर्ने कुराको विवाद पछी आएर ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुलाबाट गर्ने निर्णय भएको स्मरण गरे ।
ड. सम्सालले शिक्षामा लगानि नबढ्नुमा एउटा कुराले मात्र प्रभाव नपारेको र त्यसमा अर्थ मन्त्रालय, शिक्षा मन्त्रालय, कानुन मन्त्रालय, स्थानीय तह लगायतका कुराले शैक्षिक क्षेत्रको लगानीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पारिरहेको बताए ।
उनले भने शिक्षामा कर बढाउने कि लगानी बढाउने यो कुरामै पनि दुईमत छ । कर्मचारी र विधेयक नै एकआपसमा मिल्दैन त्यसैले एक पक्षले अर्को पक्षलाइ खुइलाउन छाड्नुपर्छ । प्रअलाई कतै सम्मान गरेको पाइदैन, सरकारी कर्मचारी बाटै एउटा ३० औं बर्षसम्म काम गरेको शिक्षकले हेपाइ खानुपर्ने अवस्था छ ।
त्यसैगरी जिल्लामा अथवा प्रदेशमा भएपनि शैक्षिक गुणस्तरका लागि नमुना स्कुल सुरु गर्न सकिने धारणा राखे । त्यसो गर्न नसके शिक्षामा रहेको बजेट सकिने तर शिक्षाको गुणस्तरमा विकास नहुने बताए । उनले शिक्षक र शिक्षण संस्था पनि चनाखो हुनुपर्ने र कुन कुरामा बहस गर्ने, कुन समस्या चाही मुख्य हो कसरी निराकरण गर्न सकिन्छ लगायतका कुरा शिक्षकहरुले बुझ्नुपर्ने बताए ।



