अबको शिक्षण सिकाइमा २४ औँ शताब्दीका चुनौति सम्मुख रहेका छन्

दाङ/२२ साउन-गोर्खा ग्रुप दाङद्वारा सञ्चालित विद्यालयका शिक्षकहरुलाई शिक्षण सिकाइ सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । शनिबार दाङको घोराहीमा एक कार्यक्रमको आयोजना गरी गोर्खा ग्रुप अन्तर्गतका विद्यालयका शिक्षकहरुलाई अभिमुखीकरण तालिम दिइएको हो ।


गोर्खा ग्रुपको आयोजना तथा काठमाडौँ विश्वविद्यालयको सहजीकरणमा तालिमको व्यवस्थापन गरिएको हो । कार्यक्रममा केयुका एसोसिएट प्रोफेसर डा. हेमराज काफ्लेले २१ औँ शताब्दीको शिक्षण तथा सिकाइ संस्कृतिको बारेमा अभिमुखीकरण गराएका थिए ।


अभिमुखीकरणका क्रममा डा. काफ्लेले भने, ‘हामीले २१ औँ शताब्दीमा शिक्षण सिकाइ गरिरहेका छन्, हाम्रा विद्यार्थी २२ औँ शताब्दीको सिकाइको अपेक्षा गरिरहेका छन् । तर, अब विश्वबजारले २४ औँ शताब्दीको उत्पादन खोजिरहेको छ । अबको शिक्षण सिकाइमा २४ औँ शताब्दीका चुनौति सम्मुख रहेका छन् ।’


अबको ज्ञानकेन्द्र विद्यालय र शिक्षकमामात्र सीमित नहुने डा. काफ्लेको भनाइ थियो । ‘अबको ज्ञानकेन्द्र विद्यालय र शिक्षकमात्र नभई समय, परिवेश र युग सुहाउँदो हुनुपर्छ । शिक्षक हजुरबुबा र हजुरआमाको भूमिकामा रहन सक्नुपर्छ । जसले विद्यार्थीलाई प्रेममय निर्देशन दिन सहज हुनेछ ।’ उनले बताए ।


अभिमुखीकरण कार्यक्रममा प्रशिक्षक रबिना महर्जनले शिक्षण सिकाइ प्रक्रिया र पाठ्यक्रमका विषयमा बताएकी थिइन् । महर्जनले बालबालिकालाई कठिन विषयपनि कसरी सहज शैलीमा सिकाउन सकिन्छ भन्नेतर्फ शिक्षक चनाखो हुनुपर्ने बताईन् । उनले भनिन्, ‘शिक्षण सिकाइमा को, कसरी, किन र को बन्दै छु भन्ने जस्ता प्रश्नलाई केन्द्र बनाएर सिकाइ प्रक्रिया अगाडि बताउनु पर्छ । विद्यार्थीले के प्रश्नबाट कन्सेप्ट, कसरीबाट रिफ्लेक्टिङ, किनबाट क्रिटिकल र को या कस्तो बन्ने प्रश्नबाट भिजनरी ज्ञान प्राप्त गर्न सक्छन् । यसैलाई सिकाइको केन्द्र बनाउन उचित मानिन्छ ।’


त्यस्तै प्रशिक्षक डा.पार्वती ढुंगानाले स्कुल कल्चर ः रिफ्लेक्सन फर ट्रान्सफरमेटिभ लिडरसिप विषयमा अभिमुखीकरण गराएकी थिइन् । संस्थाका भिजन, मिसन र लक्ष्य नै विद्यालय संस्कृतिका आयाम रहेको ढुंगानाले बताइन् । ‘पाठ्यक्रमले मागेका विषयमा सिकाइ गर्दै समयको माग अनुसारको जनशक्ति उत्पादन गर्नु अहिले प्रमुख चुनौति हो । यतिले मात्र पनि शैक्षिक सिकाइको कर्तव्य पूरा हुँदैन । शिक्षक लिडर भएका कारण हरेक क्षेत्रका लिडर उत्पादन गर्नु उसको कर्तव्य रहन्छ । हामी कस्तो लिडर बन्ने र कस्ता लिडर उत्पादन गर्ने भन्नु नै अबको सिकाइले अर्थ राख्छ ।’ उनले भनिन् ।

गोर्खा ग्रुपअन्तर्गत दाङको घोराहीमागोरखा इन्टरनेसनलपब्लिक सेकेन्डरी स्कुल, तुलसीपुरमागोरखामावितुलसीपुर, लमहीमागोरखामोडेल सेकेन्डरी स्कुल र भालुबाङमागोरखा आइडियल स्कुल गरी मावितहका चारवटा विद्यालय सञ्चालनमा रहेको छन् ।

कार्यक्रममा चारवटा विद्यालयका २ सय ७५ जनाशिक्षक सहभागी रहेका थिए । कार्यक्रमको सहजीकरण ग्रुपकासिइओ नवलसिं जिएमरसन्दिपढुङ्गानाले गरेका थिए ।