काठमाडौं २० साउन काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८० मा कक्षा ११ मा छात्रवृत्तिमा भर्ना हुन चाहाने विद्यार्थीहरुलाई यही श्रावण २० गते परीक्षा लिएको छ । उक्त परीक्षामा देशैभरबाट कुल ६ हजार १७ जना विद्यार्थीहरुले आवेदन दिएका छन् । ती मध्ये सबैभन्दा धेरै साइन्स पढ्न चाहाने विद्यार्थीहरु छन् जसको संख्या ४ हजार १ सय ५५ जना रहेको छ ।
काठमाडौं महानगरपालिकाले लिएको छात्रवृत्ति परीक्षाबाट अवसर नपाएका विद्यार्थीहरुलाई गौरीशंकर माबिले छात्रवृत्ति उपलब्ध गराउने भएको छ । गौरीशंकरले ३० जनाको लागि शतप्रतिशत, ४५ जनाको लागि ७५ प्रतिशत छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको हो ।
गौरीशंकर मावि हिलसाइड कलेज अफ इन्जिनियरिङबाट संचालित गुणस्तरीय शिक्षा प्रदायक संस्था हो । उक्त संस्थाले यो शैक्षिक सत्रको लागि साइन्स, व्यवस्थापन तथा कानुन बिषयमा +२ मा विशेष छात्रवृत्ति योजना अघि ल्याएको छ ।
त्यसैगरी साइन्स विषय अध्ययनका लागि मासिक ४ हजार, व्यवस्थापन र कानुन विषय अध्ययनका लागि मासिक ३ हजार मात्र शुल्क लाग्ने विद्यालयले जनाएको छ । साथै भर्ना शुल्क १ हजार मात्र रहेको कक्षा ११–१२ का अर्डिनेटर ध्रुब थापाले जानकारी दिए ।
विद्यालयले घोषणा गरेको छात्रवृत्ति सुविधा लिनका लागि महानगरले प्रदान गरेको प्रवेश पत्रमा उल्लेखित नाम र रोल नं. उल्लेख गरी ९७६–६८४५५१५ मा एसएमएस गर्नुपर्ने वा २०८० साउन २५ गते भित्र गौरीशंकर माविको प्रशासनमा सम्पर्क गर्नुपर्ने छ । यो अवसरबाट विपन्न बर्गका तर शैक्षिक नतिजा राम्रा भएका विद्यार्थीहरु लाभदायी हुने जनाइएको छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका भित्र रहेको उक्त विद्यालय उत्कृष्ट विद्यालय भित्र पर्न सफल विद्यालय हो । गौरीशंकर मावि काठमाडौ–ललितपुर जोड्ने वालकुमारी पुलबाट १५० मिटर दक्षिणमा रहेको छ ।



