परिमार्जित पाठ्यक्रम कार्यान्वयन गर्न सिटिइभिटीको निर्देशन

काठमाडौं/१२ साउन–प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले पाठ्यक्रम विकास तथा समकक्षता निर्धारण महाशाखाले डिप्लोमा तथा प्रि–डिप्लोमा तहमा परिमार्जित पाठ्यक्रम लागू गर्न निर्देशन दिएको छ ।


परिषद्को पाठ्यक्रम समितिको विभिन्न मितिमा सम्पन्न बैठकबाट स्वीकृत भई यसै शैक्षिक सत्रबाट परिमार्जित पाठ्यक्रम लागू गर्ने निर्णय भएकोले परिमार्जित पाठ्यक्रम लागू गर्न निर्देशन दिएको हो ।


परिषद्ले साझेदारी, टीईसीएस एवं सम्बन्धन प्राप्त शिक्षण संस्थाहरूमा अनिवार्य रूपमा यसै शैक्षिक सत्रदेखि लागु गर्न गराउन निर्देशन दिएको छ । शैक्षिक सत्र २०८०–८१ मा भर्ना भएका डिप्लोमा इन फुड एण्ड टेक्नोलोजि, रिभाइज्ड २०२३, प्रि–डिप्लोमा इन इलेक्ट्रोनिक्स, रिभाइज्ड, २०२३ प्रयोग गर्न निर्देशन दिएको हो ।


त्यसैगरी प्रि डिप्लोमा इन इलेक्ट्रोनिकल इन्जिनियरिङ, रिभाइज्ड २०२३, प्रि डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ्, रिभाइज्ड २०२३, प्रि डिप्लोमा इन टि टेक्नोलोजि, रिभाइज्ड २०२३,पाठ्यक्रम परिमार्जन गरेको हो ।


सम्बन्धित सबै संस्था, सञ्चालक, प्राचार्य प्रशिक्षक एवं विद्यार्थीहरूमा सम्बोधन गर्दै परिषद्ले परिमार्जित पाठ्यक्रमहरू परिषद्को वेबसाइटबाट सिधै डाउनलोड वा महाशाखामा सम्पर्क राख्न र परिषद्को प्रदेश कार्यालयमा सम्पर्क गरी भर्चुअल माध्यमबाट हुने प्रवोधिकरण कार्यशालामा सहभागी हुन सूचित गरेको छ ।