काठमाडौं/११ साउन-काठमाडौं डन बोस्को कलेज (केडीबीसी)ले होटल याक एन्ड यतिमा आयोजना गरेको ‘मिट फर कन्स्ट्रक्टिभ फ्युचर फर प्यानल डिस्कसन’ले नेपालको कृषि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरूलाई सफलतापूर्वक उजागर गरेको छ । आज गरिएको उक्त कार्यक्रममा सम्मानित एवं विशिष्ट वक्ता (प्यानलिस्ट) तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको एक साथ भएको उपस्थितिले कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण बन्यो ।
पानसमा बत्ति बालेर सुरु भएको कार्यक्रममा सबै वक्ताहरूलाई कार्यक्रम प्रमुख जमुना कार्कीले हार्दिकता पूर्वक स्वागत गर्नुभएको थियो । बोर्ड अफ डाइरेक्टर तथा प्रिन्सिपल रश्मि शर्मा मैनालीले स्वागत मन्तव्य मार्फत विचारोत्तेजक छलफलका लागि परिस्थिति निर्माण गर्नुभयो । सम्बोधनभर उहाँले नेपालको विकासका लागि युवाहरूमा आशा जगाउन र सामूहिक रुपमा हुने पलायन रोक्नका लागि सबै सरोकारवालाहरूसँग आग्रह गर्नुभयो ।
अध्यक्ष प्रा. डा. श्रीराम भागत माथेले कार्यक्रमको महत्त्वबारे जोड् दिँदै प्यानल छलफलका लागि आधार तयार गर्नुभयो । उहाँले वैश्विको परिस्थितिसँगै परिवर्तन हुनुको महत्त्वबारे प्रकाश पार्नुभएको थियो । यदि नेपाल विकसित देश बन्न चाहन्छ भने यसले सम्पूर्ण सकारात्मक परिवर्तनलाई अँलाग्नु पर्ने हुन्छ उँहाले भन्नु भयो ।
सौरभ शर्माले प्यानल छलफलमा सहभागी वरिष्ठ विज्ञहरू नेपालका लागि युरोपेली आयोगका लागि राजदूत महामहिम नोना डेप्रेज, नेपालका लागि इजरायलका राजदूत हनान गोडेर, नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)का आवासीय प्रतिनिधि आयसानी लबे, पूर्वाञ्चल विश्वविद्यालको व्यवस्थापन संकायका डिन डा. बिजुकुमार थपलियाको विविध पृष्ठभूमिबारे चित्रण गर्दै कुशलतापूर्वक कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
प्रत्येक वक्ताहरूले महत्त्वपूर्ण दृष्टिकोण एवं अवधारणा प्रस्तुत गर्दै छलफललाई थप समृद्ध बनाउनका लागि योगदान गरेका थिए भने नेपालको कृषि तथा शैक्षिक क्षेत्रले सामना गरिरहेका चुनौतीहरूको सम्भावित समाधानहरू अघि सारेका थिए ।
कार्यक्रममा भएका महत्त्वपूर्ण छलफल :
महामहिम राजदूत हनान गोदरले इजरायली कृषिमा नवप्रवद्धित विधि तथा दिगो अभ्यासको प्रयोग गरिरहेको भन्दै महत्त्वपूर्ण अन्तरवस्तु साझा गर्नुभएको थियो । युवा पुस्तालाई पनि कृषि क्षेत्रमा त्यस प्रकारको कार्यक्रमको प्रयोग गरेर सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर कार्यक्रमका अन्य सहभागीहरू छलफलमा सहभागी भएका थिए ।
महामहिम हनान गोडेरले आफ्नो लोकप्रिय भनाइ ‘कृषि शौखको विषय होइन । त्यो व्यापार हो’ दोहो¥याउनु भयो । यदी नेपालले आफ्नो गरिबी घटदै गएको छ, मातृ तथा बाल मृत्युलाई घटाउँदै छ र मानिस उपयुक्त संंरचना भएको घरमा बस्न थालेका छन् नेपाल निश्चय पनि विकसित हुन्छ तर जलवायु परिवर्तको दृष्टिले संकटापन्नता अवस्थामा छ । नेपालले कार्बन फुटप्रिन्टलाई निश्चित सीमामा कायम राख्ने विषयमा सक्ने आवश्यक छ । नेपालका ९० प्रतिशत कामदारहरु सामाजिक सुरक्षाभित्र रहेका छैनन् । देशको जीवन रेखा नै रेमिट्यान्समा छ, आप्रवासी कामदारको सामाजिक सुरक्षाको विषयमा विशेष ध्यान दिनुपर्छ ।
डा.बिजुकुमार थपलियाले नेपालभित्रै प्रतिभावान् युवाहरूलाई रोकी राख्न सरकार, शैक्षिक संस्था तथा व्यापारिक समुदायको सहयोगात्मक प्रयासको महत्त्वबारे जोड दिनुभएको थियो । प्यानलमा यो जल्दोबल्दो मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने रणनीतिगत विषयमा छलफल भएको थियो ।
छलफलको क्रममा डा.थपलियाले नेपालमा राम्रो शिक्षा प्रणाली आवश्यक भएकोमा जोड दिनुभएको थियो र सरोकारवालाहरुले विश्वव्यापी रुपमा स्वीकार्य हुने र सबैका लागि रोगजारी सिर्जना गर्ने गरि शैक्षिक क्षेत्रलाई सशक्त बनाउन जोड दिनुभयो ।
महामहिम नोना डेप्रेजले नेपालको विकासका लागि युवा सहभागिताको महत्त्वबारे जोड दिनुभएको थियो । उहाँ विभिन्न कार्यक्रम मार्फत युरोपेली संघले नेपाल र नेपाली युवालाई कसरी सहयोग गरिरहेको छ भन्ने विषयमा केन्द्रित हुनुभएको थियो । यो वर्षमा मात्रै इरास्मस कार्यक्रम अन्तर्गत २७ जना छात्रा र २६ जना छात्र गरी ५३ जना विद्यार्थी युरोप गएका छन् । नोनाले नेपालमा विशाल सम्भावना रहेको र त्यसका युवाले त्यसलाई खोज्न तथा प्रयोग गर्न चाहेको बताउनुभएको थियो । यो ऊर्जाले नेपाललाई विकसित देश बनाउन सहयोग गर्नेछ ।
आयसनी लबेले नेपालको विकासमा युवाको योगदानका लागि अनुकूल वातावरण सिर्जना गर्ने महत्त्वपूर्ण नीतिगत प्रस्ताव तथा रणनीतिक कार्यहरू प्रस्तुत गर्नुभएको थियो । प्यानलले अन्तर्राष्ट्रिय मापदण्ड भेट्टाउनका लागि नेपाली विश्वविद्यालयहरूले गुणात्मक शिक्षालाई अभिवृद्धि गर्ने विधिबारे छलफल गरेका थिए ।
नेपाली विद्यार्थीलाई देशभित्र अध्ययन गराउनका लागि सरकार, विश्वविद्यालय तथा शैक्षिक संस्थाका लागि नीतिगत सिफारिस एवं रणनीतिक कार्यको पहिचान गर्दै प्यानल छलफल सम्पन्न भएको थियो । काठमाडौं डन बोस्को कलेजका निर्देशक कपिलदेव रेग्मीले सबै सहभागीप्रति आभार प्रकट गर्नुका साथै नेपालको भविष्यका लागि यस प्रकारको रचनात्मक छलफलको महत्त्वमाथि प्रकाश पार्नुभयो ।



