काठमाडौं/९ साउन-प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले प्रि-डिप्लोमा तहको नियमित तर्फका विभिन्न कार्यक्रमहरुको वार्षिक परीक्षाको आवेदन फाराम भर्नका लागि सूचित गरेको छ । सम्पूर्ण शिक्षालयहरुले नियमित परीक्षार्थीहरुका लागि भदौं महिनामा सञ्चालन हुने परीक्षामा सहभागि हुनका लागि फाराम भर्न सूचित गरेको हो ।
प्रशिक्षार्थीहरुले सम्बन्धीत शिक्षालयहरुमा परीक्षा आवेदन फाराम नियमित शुल्कमा साउन ९ गतेदेखि २९ गतेसम्म र विलम्ब शुल्क शुल्कको हकमा साउन ३० गतेदेखि भदौं ४ गतेसम्म भर्नुपर्ने छ । साथै समयभित्र फाराम नबुझाउने प्रशिक्षार्थीहरुलाई परीक्षामा सम्मिलित गराउन नसकिने परिषद्ले जनाएको छ ।




