नियमावली विपरित कार्य गर्ने कर्मचारीलाई विश्वविद्यालयले सोध्यो स्पष्टीकरण

काठमाडौं/९ साउन-शिक्षक कर्मचारी सम्बन्धी नियमावलीमा भएको आचरण विपरित कार्य गर्ने कर्मचारीलाई पोखरा विश्वविद्यालयले स्पष्टीकरण सोधेको छ । सामान्य सजाँय अन्तर्गत काबाही भए पश्चात समेत आचरणमा कुनै सुधार नआएको भन्दै स्पष्टीकरण सोधेको हो ।
पोखरा विश्वविद्यालयमा सहायक प्रशासक (प्रशासन) पदमा कार्यरत यज्ञराज जोशिले शिक्षक कर्मचारी नियमावलीमा भएको आचरण विपरीत कार्य गरेकोले स्पष्टीकरण सोधिएको विश्वविद्यालयले जनाएको छ ।


‘शिक्षक कर्मचारी सम्बन्धी नियमावली २०५५ को ६५ ख को १ अनुसारको कारवाही तपाईलाई किन नगर्ने ? सो सम्बन्धमा ६५ ख १ अनुसारको कारबाही अगाडी बढाउन नियमावलीको दफा ६८ (१) अनुसार यस कार्यलयको च.न. ८०६ बैशाख २९ गते स्पष्टीकरण पेश गर्ने सम्बन्धी पत्र बुझाउँदा नबुझेको तथा बुझन नमानेको हुँदा सार्वजनिक सूचना प्रकाशित गरिएको छ’ सूचनामा उल्लेख छ ।


साथै ७ दिन भित्र स्पष्टीकरण पेश नगरे विश्वविद्यालय शिक्षक कर्मचारी सम्बन्धी नियम ५५ अनुसार काबाही प्रक्रिया अगाडि बढाइने विश्वविद्यालयले जनाएको छ ।