नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं/२६ असार-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ । श्री शिक्षा सदन माध्यमिक विद्यालय विराटनगरमा कार्यरत शिक्षक रामचन्द्र मण्डलले बीएससीको नक्कली प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर गरेको हो ।


मण्डलले भारतको गयाबाट बीएससी उत्तीर्ण गरेको भन्दै झुटो शैक्षिक प्रमाणपत्र पेश गरेर अस्थायी हुँदै स्थायी शिक्षक पदमा नियुक्ति भएर लाभ र सुविधा लिएको पुष्टि भएपछि मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।


अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) अनुसारको कसुरमा सजाय मागदाबी गर्दै विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ ।