सहमतिपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित (सम्झौता र प्रतिवेदन सहित)

काठमाडौं /२६ असार-विद्यालय कर्मचारी परिषद्ले गरिरहेको आन्दोलन हालका लागि स्थगित गरिएको जनाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सम्झौता पछि तत्कालका लागि आन्दोलन स्थगित गरेको हो ।


विद्यालय कर्मचारीसँग विगतमा गरिएको सम्झौता तथा नेपाल शिक्षक महासंघसँग गरिएको ५१ बुँदे सम्झौलाई कार्यन्वयनमा ल्याउने प्रतिवद्धता शिक्षा मन्त्रालयले गरेपछि आन्दोलन स्थगित गरिएको परिषद्ले जानकारी दिएको छ । साथै शिक्षा मन्त्रालय मार्फत अर्थ मन्त्रालयलाई आग्रह गर्ने लगायतका विषयमा सहमति गरिएको छ ।


विद्यालय कर्मचारीले राखेका पाँचबुँदे मागमा शिक्षा मन्त्रालसँग सहमति भएपछि आन्दोलन स्थगित गरिएको विद्यालय कर्मएचारी परिषद्का अध्यक्ष गंगाराम तिवारिले जानकारी दिए । उनले सहमति भएपनि त्यसलाई निर्णयक रुपमा कार्यन्वयनमा ल्याउन विद्यालय कर्मचारी अझै लाग्नुपर्ने बताए ।


विद्यालय कर्मचारी परिषद्, विद्यालय कर्मचारी युनियन र विद्यालय कर्मचारी संघको संयुक्त आन्दोलन ४९ औं दिन पछि स्थगित भएको हो ।