काठमाडौँ /२६ असार-काठमाडौँको कागेश्वरी मनहरा–१, गागलफेदीस्थित श्री सिद्धिगणेश माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १६ हजार घुससहित पक्राउ परेका छन् । विद्यालयका प्रधानाध्यापक बुद्धिविलास रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राज कुमार थापा घुससहित पक्राउ परेका हुन् ।
उनीहरुले शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग १६००० रुपैयाँ घुस रिसवत लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले खबर एजुकेशनलाई जानकारी दिए ।



