काठमाडौं/१८ असार-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको बताएका छन् । गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले संघीय शिक्षा ऐन संसदमा प्रस्तुत गर्ने तयारी गरेको बताएका हुन् ।
संघीय शिक्षा ऐन आएपछि नयाँ शिक्षा नीतिका लागि मार्गदर्शन हुने बताउँदै संघीय शिक्षा ऐन मन्त्रिपरिषदको समितिमा छलफलको क्रममा रहेको र शिक्षा ऐन केही दिनभित्रै सदनमा प्रस्तुत गरिने बताए ।



