काठमाडौँ /१८ असार-बसुन्धरामा रहेको गेटवे कलेज अफ प्रोफेसनल स्टडिजले व्याच २०१९ को कोर्स समापन कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालभित्र तथा बाहिर विभिन्न उत्कृष्ट तारे होटल, रेष्टुरेन्ट, कर्पोरेट कार्यालय, एवं विभिन्न कार्यालयमा जागिरको सत प्रतिशत सुनिश्चितता गर्दैआएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले व्यवस्थापन संकाय अन्तर्गत होटल मेनेजमेन्टतर्फ विगत १५ वर्षदेखि उत्कृष्ट शिक्षा प्रदान गर्दै आएको बताइएको छ ।
गेटवे कलेज गत वर्ष नेपालकै होटल मेनेजमेन्ट कलेज मध्ये उत्कृष्ट पाँचौ स्थानमा रहन सफल भएको कलेजले जनाएको छ ।
शुक्रबार भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका सहायक परिक्षा नियन्त्रक मेनुका श्रेष्ठ एवं अन्य अतिथिका रूपमा कलेजमा प्राध्यापन गरिरहेका पर्यटन तथा अतिथि सत्कार विज्ञ प्रा.डा.रमेश राज कुँवर एवं विद्यार्थी, अन्तर्राष्ट्रिय तालिम विज्ञ, अभिभावक, कलेजका प्राध्यापक, कर्मचारी तथा अन्य विभिन्न शिक्षा क्षेत्रमा विगत लामो समयदेखि जोडिएका व्यक्तिको उपस्थिति रहेको जनाइएको छ ।
संस्थापना कालदेखि कलेजले उत्कृष्ट नतिजा लिएर आउनुमा शिक्षकको मेहेनत, विद्यार्थीको लगनशीलता, एवं अभिभावकको मेहनतलाई संस्थाले सधैँ उच्च सम्मान गर्ने जानकारी कलेजकी संस्थापक प्राचार्य डाली खनालले दिइन् । प्रयोगात्मक शिक्षाले विद्यार्थीलाई निखार्ने एवं वर्तमान परिस्थितिमा समायोजनमा सहयोग पुग्ने जानकारी उनले दिइन् ।
कार्यक्रमका सभापति एवं कलेजका संस्थापक अध्यक्ष सुरेश केसीले वेभ हस्पिटालिटि अन्तर्गत, रेष्टुरेन्ट, बैंक्कूईट,पार्टी प्यालेस,हेल्थ क्लब, स्वीमिङ पुल लगायत कलेजको पूर्ण व्यवस्थापनमा सञ्चालनमा लिएर आउने जानकारी गराउँदै कलेजलाई यो स्थानमा लिएर आउने सरोकारवालाहरुलाई धन्यवाद दिँदै विद्यार्थीहरूलाई आगामी दिनमा कलेजले फरक ढंगले पढाइका अतिरिक्त अन्य विभिन्न समयअनुकूल शैक्षिक गतिविधिहरूलाई अगाडि बढाउँदै जाने जानकारी दिए ।



