भदौ २३ गते सञ्चालन हुने अध्यापन अनुमतिपत्र परीक्षाको प्रवेशपत्र प्रिन्ट गर्न सकिने

काठमाडौं/१२ असार-शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा प्रवेशपत्र प्रिन्ट गर्न सकिने जनाएको छ । आगामी भदौ २३ गते सञ्चालन हुने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाका लागि प्रवेशपत्र प्रिन्ट गर्न सकिने जनाएको हो ।


परीक्षाको विज्ञापन बमोजिम दरखास्त फारम भर्ने उम्मेदवारहरुले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np/ बाट दरखास्त फाराम रजिष्टर्ड गरिएको email address र Password बाट Login गरी दरखास्त पेस गरेको विवरणमा Click गरी पुनः View मा Click गरेर प्रवेशपत्र डाउनलोड गरी प्रिन्ट गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।


साथै प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न, परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र (नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहादानी)अनिवार्य रुपमा साथमा ल्याउन सूचित गरेको छ ।

https://tsc.gov.np/getfiles?t=0&tl=0&IC=366&fn=admit%20card%20print%20mabi.pdf