कक्षा ५ मा अध्ययनरत मन्जिलको प्रतिभा

ईलाम/१२ असार-ईलाम जिल्लाको रोङ गाउँपालिका वडा न.२ स्थित श्री शशि माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थी मन्जिल ल्वागुनले स्थानीय सामग्रीको प्रयोग गरेर ब्याट्रीबाट चल्ने पंखा बनाएका छन ।


मन्जिल यस बाहेक चित्रकला हस्तकला लगायतका अन्य विभिन्न कलामा पनि उनी अब्बल रहेको बिद्यालयका शिक्षकहरु बताउछ्न । विभिन्न प्रतिभाका धनी मन्जिलले मानिसले प्रयोग गरेर काम नलाग्ने भएका स्थानीय सामग्रीहरु प्लास्टिक बोतलको बिर्को , केटाकेटिलेखाने ललिपपको डाँठ , कार्टुन,चकलेटको खोल,टिनको टुक्रा, प्रयोग गरिसकेको बलपेनको कभर,बिग्रिएको खेलौना गाडीको मोटर आदि सामग्री प्रयोग गरेर उक्त पंखा बनाएकाहुन् ।


प्रतिभावान मन्जिलले गाउँघरमा बिग्रीएका पंखा , मोबाइल, मिक्सचर आदि बनाउदै आएको स्थानीयले बताए । उमेरले ११ वर्ष लागेका मन्जिलले आफुसँग आवश्यक सामग्री र श्रोतसाधन उपलब्ध भए अन्य विभिन्न सामग्रीहरुका साथै हेलिकप्टर समेत बनाउने तयारीमा रहेको उनले बताए ।


आफ्नो इच्छा,सामाजिक सन्जालको प्रयोग पुस्तक अध्ययन गरेर त्यस्ता सामग्री बनाउन सिकेको उनले बताए ।


आर्थिक अवस्था कमजोर भएका कारण आवश्यक सामग्री खरिदगर्न नसक्दा काम नलागेर खेर फालिएका सामग्रीहरु पुनः प्रयोग गर्न सकिने भएकोले स्थानीय सामग्रीहरु प्रयोग गरेको मन्जिलले जनाए ।