सिटिइभिटीद्धारा डिप्लोमा तथा प्रमाणपत्र तहको मौका परीक्षाको आवेदन फाराम खुला

काठमाडौं/१२ असार–प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न कार्यक्रमको मौका परीक्षाको परीक्षा आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । परिषद्ले डिप्लोमा तथा प्रमाणपत्र तहका एक विषयका लागि मौका परीक्षाको परीक्षा आवेदन फाराम खुला गरेको हो ।


प्रथम र दोस्रो वर्ष उत्तिर्ण भई तेस्रो वर्षमा मात्र एक विषय अनुत्तिर्ण भएका परिषद् परीक्षा सम्बन्धी विनियमावली २०७१ बमोजिम सेद्धान्तिक एक विषयको मौका परीक्षाका लागि आवेदन खुला गरेको जनाएको छ ।


परीक्षार्थीहरुले २०८० असार २१ गते भित्र नियमित शुल्क र २५ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फारम भरी बुझाउनु पर्ने छ ।