काठमाडौं/१२ जेठ-भुकम्पबाट अति प्रभावित ८ जिल्ला र काठमाडौं उपत्यका बाहेकका ६६ जिल्लाका सबै सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच पु¥याइने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी सामुदायिक आधारभूत विद्यालयहरूमा ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच पु¥याइने भएको हो ।
स्थानीय तहहरूसंग समझदारी पत्रमा हस्ताक्षर गरि कार्यान्वयनमा ल्याइएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । भूकम्पबाट अति प्रभावित जिल्लाहरू काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप र ओखलढुङ्गा र काठमाडौं उपत्यका बाहेकका बाँकी जिल्लाहरूका सबै आधारभूत विद्यालयमा ईन्टरनेटजडान गरिने भएको हो ।
उक्त कार्यका लागि प्राधिकरणबाट जारी गरिएको “ग्रामीण दूरसञ्चार विकास कोष प्रयोग गरी स्थानीय तह मार्फत ब्रोडब्याण्ड ईन्टरनेटको पहुँच पु¥याउने सम्बन्धी कार्यविधि, २०७८ अनुसार सम्बन्धीत स्थानीय तहहरुको सार्वजनीक खरिद नियमावली ईन्टरनेट जडान गरिने भएको छ ।
साथै नियमावलीको अधिनमा रहेर मितव्ययी, पारदर्शी तथा प्रतिस्पर्धात्मक तरिकाले प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमतिपत्र प्राप्त सेवा प्रदायक छनोट गरी तोकिएका सामुदायिक आधारभूत विद्यालयहरूमा सेवा जडान पश्चात स्थानीय तहमार्फत जडान खर्च र दुई वर्षसम्मको महशुल उपलब्ध गराउने व्यवस्था रहेको छ ।
यदि सामुदायिक आधारभूत विद्यालयहरू आफैले सेवा प्रदायक छनोट गर्नु परेमा स्थानीय तहसँग समझदारी गरी सार्वजनिक खरिद नियमावलीको अधिनमा रहेर सेवा प्रदायक छनोट गरी सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनु पर्ने छ ।




