सामाजिक सञ्जालमा राष्ट्रिय परीक्षा बोर्डको लोगो दुरुपयोग, भ्रममा नपर्न आग्रह

काठमाडौं/२ बैशाख-राष्ट्रिय परीक्षा बोर्डको लोगोसमेत प्रयोग गरी सामाजिक सञ्जालमा अनाधिकृत रुपमा पेज सिर्जना गरी गलत तथा भ्रमपूर्ण सूचना प्रवाह गरेकोले त्यस्ता पेजको सूचना तथा समाचारको भ्रममा नपर्न बोर्डले सबैलाई सूचित गरेको छ ।


बोर्डको लोगोको दूरुपयोग गर्दै सामाजिक सञ्जालहरुमा अनाधिकृत आइडि तथा पेजहरु सृजना गरी गलत तथा भ्रमपूर्ण सूचनाहरु प्रवाह गरी सम्बन्धीत सरोकारवाला एवं सर्वसाधरणलाई भ्रमित पार्ने कार्य भएकोले बोर्डको ध्यानाकर्षण भएको भन्दै त्यस्ता पेजको सूचना तथा समाचारको भ्रममा नपर्न बोर्डले सबैलाई सूचित गरेको हो ।


बोर्डको आधिकारीक सूचना तथा विवरणहरु वेभसाइड www.neb.gov.np मा मात्र आउने हुँदा सो बाहेक अन्य पेज तथा सामाजिक सञ्जालमा आउने कुनै पनि सूचना तथा समाचारको भ्रममा नपर्न हुन सम्बन्धीत सबैलाई सूचित गरिन्छ सूचनामा उल्लेख छ ।


साथै गलत सूचना सम्प्रेषण गरी विद्यार्थीमा भ्रम सृजना गर्ने कार्यलाई निरुत्साहित गर्ने कार्यमा सगयोग गर्न सबैमा आग्रह गरेको छ ।