कक्षा १२ को परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन केन्द्राध्यक्षलाई कारबाही

काठमाडौं/२ जेठ-राष्ट्रिय परीक्षा बोर्डले तीन जना केन्द्राध्यक्षलाई कारबाही गरेको छ । बोर्डद्धारा बैशाख २९ र ३१ गते सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा परीक्षाको मर्यादा विपरीत कार्य गरेको पाइएकोले कारबाही गरेको हो ।


बोर्डले केन्द्र नं. १४२९ को टेक्सास इ. मा.वि, मित्रपार्क काठमाडौंका परीक्षा केन्द्राध्यक्षलाई परीक्षाको मर्यादा विपरीत कार्य गरेकोले बखास्त गरेको छ । केन्द्र नं. १४३० कैलासकुट बहुमुखी क्याम्पस,मित्रपार्क काठमाडौंका परीक्षा केन्द्राअध्यक्ष र र केन्द्र नं. १४३१ कुमारी आवसीय मा.वि. बौद्ध काठमाडौंका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेकोमा सचेत गराएको छ ।