स्नातकोत्तर प्रथम वर्षको आंशिक परीक्षाको परीक्षा आवेदन फारम खुला (हेर्नुहोस सूचना)

काठमाडौं/२८ बैशाख-त्रिभवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम खुला गरेको छ । वार्षिक परीक्षा प्रणालि अनुसार २०७८ को २०८० सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम खुला गरेको हो ।


मानविकी,व्यवस्थापन, शिक्षाशास्त्र संकाय र एमपीए तर्फका आंशिक तथा प्राइभेट आंशिक परीक्षार्थीहरुले आफ्नो क्याम्पसमा २०८० बैशाख २८ गतेदेखि जेठ २६ गतेसम्म नियमित दस्तुरमा र साधारण म्याद थपिएको एक हप्ताभित्र देब्बर दस्तुरमा आवेदन फारम बुझाउनु पर्ने त्रिविले जनाएको छ ।

हेर्नुहोस सूचना :

https://tuexam.edu.np/downloadfile/20230511094853.pdf