गोरखा/२७ बैशाख-गोरखा नगरपालिकाका वडाध्यक्षहरुले शिक्षा शाखा प्रमुखको राजीनामा माग गरेका छन् । सात वटा वडाका वडाध्यक्षहरुले शिक्षा शाखा प्रमुख चन्द्र बहादुर खड्काको राजीनामा माग गरेका हुन् ।
उनीहरुले प्रमखले आफ्नै शैलीमा काम गरेको, राजनीति आडमा निर्णय गर्ने गरेको र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को अवज्ञा गरेको भन्दै राजीनामाको माग गरेका हुन् ।
खड्काले नगर कार्यपालिकामा प्रस्ताव पेश भै निर्णय गर्नुपर्ने धेरै विषय वस्तुहरु केही कर्मचारीको संलग्नतामा राजनीतिको आडमा कार्यपालिकामा हाम्रो बहुमत छ भन्दै दुरुपयोग गरेको वडाध्यक्षहरुको आरोप छ ।
शिक्षक नियुक्तिमा माध्यमिक तह पास भएर आएका शिक्षकहरुलाई फेल गराई आफ्नो नातागोतालाई सेटिङ गरी नाम निकालिदिने लगाएतका कार्य गरेको भन्दै वडाध्यक्षहरुले खड्काविरुद्ध प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र नै बुझाएका छन् ।




