धनगढी/१५ बैशाख-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिक्षा क्षेत्रको सुधारका लागि विशेष प्राथमिकताका साथ लगानी गर्ने बताएका छन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान सुदूरपश्चिम प्रदेशले शिक्षामा लगानी बढाउनुपर्ने मागसहितको ज्ञापनपत्र बुझ्दै उनले शिक्षा क्षेत्र महत्वपूर्ण भएकोले सो क्षेत्र सुधार गर्न आवशयक अध्ययन गरिरहेको बताए ।
ज्ञापनपत्रमा अन्तराष्ट्रिय प्रतिवद्धता र संवैधानिक दायित्व पूरा गर्नुपर्ने, समतामूलक समाज निर्माण गर्नुपर्ने र प्राविधिक शिक्षामा जोड दिइएको छ । उक्त अभियानका संयोजक हेमराज जोशीले सरकारलाई शिक्षमा लगानी बढाउनुका साथै निशुल्क शिक्षा प्राप्त गर्ने अवसरबाट कोही कसैलाई वञ्चित गर्न नहुनेमा जोड् दिए । गोरखापत्रबाट



