काठमाडौं /१४ बैशाख-माओवादी केन्द्र शैक्षिक परामर्श शाखाले जारी भएको बैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका २०७९ ले निर्देशिकाका केही बुँदा अस्पष्ट रहेको भन्दै प्रेस नोट जारी गरेको छ । शाखाले जारी निर्देशिकाले गरिब निमुखा विद्यार्थीहरुको अधिकारलाई बञ्चीत गरेको भन्दै खबरदारी गर्नु आवश्यक रहेको जनाएको हो ।
निर्देशिका वरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, शिक्षा सचिव लगाएतलाई भेटगरी ध्यनाकर्षण गराई ज्ञापन पत्र बुझाएकोले प्रधानमन्त्रीको निर्देशनमा केही बुँदा परिमार्जन भएर आएकोमा स्वागत गर्दै अझै केही बुँदा अस्पष्ट रहेको प्रस नोटमा उल्लेख गरेको छ ।
त्यसैगरी ठुला व्यवसायीलाई फाईदा र साना मझौला व्यवसायीहरुलाई पलायन गराई व्यवसायिक सिण्डीकेट गर्ने उदेश्यले धरौटी लगाएतका विषय समेटी शिक्षा मन्त्रालयले भाषा शिक्षण तथा परामर्श सेवा सम्बन्धी नियमावलीमा सिमान्तकृत व्यवसायीहरुको हितमा हुने गरी धरौटी पूर्ण निषेध गर्न माग गरेको छ ।
यस्तो छ माओवादी केन्द्र शैक्षिक परामर्श शाखाले जारी गरेको प्रेस नोट :





