काठमाडौं/२६ चैत-वैदेशिक अध्ययन स्विकृती सम्बन्धी निर्देशिका २०७९ सरकारले कार्यन्वयनमा ल्याउन लागेको भन्दै नेपाल शैक्षिक परामर्श संघले आपत्ति जनाएको छ । निर्देशिका मापदण्ड अनुकुल नरहेको, नेपाली विद्यार्थी तथा अभिभावकको हितमा नरहेको भन्दै आपत्ति जननाएको हो ।
संघले पे्रस विज्ञप्ति जारी गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयद्धारा चैत महिनामा जारी गरिएको भनिएको वैदेशिक अध्ययन स्विकृती सम्बन्धी निर्देशिका २०७९ मार्फत एनओसी जारी गर्ने सन्दर्भमा गरिएको व्यवस्था प्रति नेपाल शैक्षिक परामर्श संघको गम्भिर ध्यनाकर्षण भएको जनाएको छ ।
न्युन जानकारीका अधारमा विदेशमा शिक्षाअ आर्जन गरेपछि नेपालमा त्यस्ता विद्यार्थीहरुबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अप्रवाह हुने विप्रेषणको लेखाजोखा नै नगरी केवल विदेशी शिक्षाको नाममा विदेशी मुद्रा बाहिरिने विषयलाई मात्र जोड दिएर गरिएको अदुरदर्शि व्यवस्थापन भएको हुँदा यस विषयमा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आपत्ति रहेको छ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संघले निर्देशिकामा उल्लेख भएका केही बुँदा सबैको अर्थपुर्ण सहभागितामा तत्काल परिमार्जन गरेर मात्र जारी गर्न माग गरेको छ । साथै नेपाली विद्यार्थी तथा अभिभावकहरुका हित विपरित एवम् नगरिकको शिक्षा प्राप्त गर्न पाउने संवैधासिनक नैसर्गिक अधिकार समेतलाई कुण्ठित गर्ने गरि जारि गरिए तिव्र प्रतिरोध गर्ने चेतवनी दिएको छ ।





